Sunday, 23 May 2010

गजल

गजलकार रे एउटा केटो लुकी-लुकी लेख्छ
एक्लो रही एकान्तमा फुकी-फुकी लेख्छ

बिर्सी जाने निस्ठुरीलाई सम्झी कहिले कही
सागरबीच प्यसि भई सुकी-सुकी लेख्छ

सयौं जोडी बीच यहाँ एक्लै जिउनु पर्दा
विछोडिएको आफ्नो कथा झुकी-झुकी लेख्छ

आफ्नो ब्यथा कथा बनाई अरु सामु पोख्न
निर्मोहीको बाटो कुरी ढुकी-ढुकी लेख्छ

No comments:

Post a Comment