Sunday, 23 May 2010

गजल

संसारबीच कयौं संसार कसको संसार राम्रो
धनी जनले भन्छन होला सुनको संसार राम्रो

जीवन भन्नु गीत हो साथी संगीत भरे देखि
संगीतकारले भन्छन होला धुनको संसार राम्रो

अरु रोए आफु हाँस्ने हाँस्नु संधै खोज्ने
खुनि जनले भन्छन होला खुनको संसार राम्रो

म त भन्छु मेरो भन्नु मेरो एउटाै कथा
अभावबीच जीवन पाउनु जुनको संसार राम्रो

No comments:

Post a Comment