भुटान नेपाल यु.एस.डेन्मार्क माटो एउटै हो
एकदिन सबले मर्नै पर्छ बाटो एउटै हो
अतित सारा सम्झन्छु म च्वस्स दुख्छ मुटु
मलाई मात्र भन्दिन म फाटो एउटै हो
भाग्य खोज्दै कर्मा गर्दै जहाँ पुगे पनि
हामी सबै भुटानीको खाटो एउटै हो
राष्ट्र भन्दा माथि उठौं जहाँ रहे पनि
विशाल भुगोल गोलाकार छ पाटो एउटै हो
No comments:
Post a Comment