Wednesday 8 August 2012

Geet

यात्र बीचमै घाटी रेट्यौ सगै हिडु भन्थे सधै
मर्न पनि सक्दिन म बाँचु पनि खै कसरी
यस्तै हुँदो रैछ जाने कोमल मनमा छुरा चल्दा
संसार सुन्य हुँदो रैछ विश्वास माथी प्रहार हुँदा

Sunday 29 May 2011

शंखालु ति तिम्रा नजरले
दोषी मलाई ठाने पनि
म निर्दोषी छु
---------------------------
मैले टेकेका हरेक पाइलाहरु
निर्दोषी छन्
मैले देखेका हरेक सपनाहरु
निर्दोषी छन्

तिम्लाई के था’ कति दुख्छ पिरतीको घाउ
दुखाउनेलाई थाहा हुन्न कहाँ दुख्छ घाउ
तिम्लाई के था’ किन दुख्छ पिरतीको घाउ
डुब्न लाग्यो साथी मेरो जिन्दगीको नाउ
तिम्लाई के………………………….
फुलै राम्रो गुलाबको काँडा भएनी
लाग्छ माया तिम्रो सधै टाढा भएनी
फुलै राम्रो………………………………
------------------------------------
संगालेर राखेको छु मुटुबिच तिम्लाई
तिमी आउने बाटो हेरी, कुरी र'छु तिम्लाई
तिम्रो माया लाग्छ मलाई आफु भन्दा धेरै
जन्मौ-जन्म म तिम्रो, तिमी हुनु मेरै
फुलै राम्रो………………………………
---------------------------------------

Sunday 8 May 2011

Gazal

गरीब बस्ने झुपडी त्यो घरको छानो खर
बन्छ अनि भात्कीजान्छ सपनाको घर

सुख-दुख, हाँसो, आँसु क्षणमै बद्लिरहने
हुन्न रैछ कहिल्यै पनि जिन्दगीमा भर

आँसु मिश्रीत हाँसो जिवन माटो गुमाएर
आसा बुन्यो, भात्की जाने हुँदो रैछ डर