Sunday 29 May 2011

शंखालु ति तिम्रा नजरले
दोषी मलाई ठाने पनि
म निर्दोषी छु
---------------------------
मैले टेकेका हरेक पाइलाहरु
निर्दोषी छन्
मैले देखेका हरेक सपनाहरु
निर्दोषी छन्

दोषी त छन केवल
ति तिम्रा नसालु आँखाहरु
मलाई दोषी ठान्ने
ति तिम्रा बैसालु योवानहरु
शंखालु……………………
-----------------------------


लाग्छ तिमीलाई तिम्रो बैसाले
पागल बनाएछ
त्यो तिम्रो सुन्दर रुपले
घमन्डको शिखर चडाएछ
विश्वास होइन तिम्रो मुटुमा
सङ्खाले डेरा जमाएछ
माया भन्ने अमर साइनोले
तिरस्कार कमाएछ
शंखालु……………………
----------------------------
बुझ्न सकेनौ मेरो मायालाई
बुझ्न खोजेनौ कहिले पनि,
बुझ्न सक्दैनौ पनि
त्यसैले तिमी रमाउ
तिम्रो संसारमा खुशी भएर
म रहुला यसै-यसै
तिम्रो वियोगमा दोषी भएर
शंखालु……………………
-----------------------------

No comments:

Post a Comment