Sunday 29 May 2011

तिम्लाई के था’ कति दुख्छ पिरतीको घाउ
दुखाउनेलाई थाहा हुन्न कहाँ दुख्छ घाउ
तिम्लाई के था’ किन दुख्छ पिरतीको घाउ
डुब्न लाग्यो साथी मेरो जिन्दगीको नाउ
तिम्लाई के………………………….
-------------------------------------
तिम्रो संसार सधै सधै प्यारो लाग्छ मलाई
बिबसतामा बाच्नु पर्‍यो भित्री मन जलाई
स्वार्थी मन जे गरेनी हुँदो रैछ पराइ
माया गर्छु भन्नेले नै छाडी दियौ मलाई
तिम्लाई के………………………….
-------------------------------------
खुशी हुनु सधै तिमी, तिम्रो सधै जित होस्
मेरो भन्दा उसको ठुलो माया गर्ने मन होस्
अन्तिम चाहा मेरो तिम्लाई तिम्रो सधै हित होस्
यस्तो नहोस कहिल्यै पनि, पिरतीको जित होस्
तिम्लाई के………………………………
-----------------------------------------


No comments:

Post a Comment