यात्र बीचमै घाटी रेट्यौ सगै हिडु भन्थे सधै
मर्न पनि सक्दिन म बाँचु पनि खै कसरी
यस्तै हुँदो रैछ जाने कोमल मनमा छुरा चल्दा
संसार सुन्य हुँदो रैछ विश्वास माथी प्रहार हुँदा
कल्पनाको संसार मेरो सपनाको महल मेरो
सबै जल्यो बाँकी भन्नु, मात्रै अब चोट रहयो
यस्तै हाल भयो मेरो मनले मनको भर पर्दा
मरे तुल्य हुनु पर्यो माया भनि विश्वास गर्दा
यस्तो नहोस पिरतिमा जिउदै मर्नु पर्ने
एउटा हाँस्दा बिना कारण अर्को रुनु पर्ने
पिरतिको अदलदमा निसाफ हुनु पर्ने
बिछोड होईन संधै भरी मिलन हुनु पर्ने
No comments:
Post a Comment