मन्त्री मण्डल बिच त्यहाँ नरेशको बात भयो
देश छाडी भाग्नु पर्ने भूल एउटा जात भयो
क्रुर शाषन अन्त्य गर्न हामीले पाइला चलेकाथ्यौं
मुखमा हातको ठेडी अनि शिरमा उनको लात भयो
दुई चार दिन त झगडा अनि लडाई पनि गरी हेरैं
एक दुई भनी गन्ती गर्दा हाम्रो नम्बर सात भयो
भारत अनि नेपाल हुँदै बास मैले पाएँ हजुर्
तिउन बिना खानु पर्ने बगडाको भात भयो
भुल मैले के गरेथें ठुलो सजय पाएँ हजुर्
भेष भुषा लात हान्नु आज ठुलो घात भयो
No comments:
Post a Comment