मुर्खा बनी मर्नेहरुलाई वीर भन्छन नेपालीले
रगत चुसी पिउनेहरुलाई सीर भन्छन नेपालीले
धनी जनको इतिहासमा गरीब कहाँ लेखिन्छ र
देशको भलो चाहनेहरुलाई पीर भन्छन नेपालीले
झिली मिली शहर बजार कस्ले देख्छ गाउं हजुर
यसरगुम्भा पाउने ठाउँलाई भीर भन्छन नेपालीले
हारलाई पनि जीत सम्झी घमण्ड ति राख्नेहरुको
लक्ष्य विहीन निसानी छ,तीर भन्छन नेपालीले
No comments:
Post a Comment