Sunday, 23 May 2010

गजल

सोझोको मन एकोहोरो पन आगोले जलेको
शान्तिको देश आजको दिन क्रान्तिले बलेको

क्रान्तिको क्रन्दन शान्तिको खोजी बुद्धको देशमा
अन्धकार रातमा राईफलको आवाज सुनिन्छ चलेको

रोल्पा र डोल्पा अशिक्षित क्षेत्र भिडन्त भयो रे
पत्रीका मर्फत समाचार आयो गोलिले ढलेको

गाउं, शहर, पहाड र तराई आतंक फैलिदा
मान्छेको लास यता र उता भेटियो गलेको

No comments:

Post a Comment