Sunday, 23 May 2010

गजल

(थुक्तेन दोर्जे ड्रूक्पा)
(डेन्मार्क)

कर्मभूमी नेपाल आमा भूटान अरे देश्,
देश बिहिन हुनु भन्द नजन्मेको बेश्।

बुढा-बुढी कुरा गर्छन केटा केटी सुन्छन्,
शहर बजार जांदा पनि चहिन्थ्यो रे भेष्।

जन्जिर यहाँ छैन त्यस्तो स्वतन्त्र छ देश्,
गहना हो छोरी चेली नकट्नु है केश्।

दासत्वको घिऊ खाई जिउँदै मर्नु भन्दा,
ढिडो,सिस्नो,गुन्द्रुक हजूर पाए खानु मेश्।

जुटौं साथी गरौं कर्म देशको मुहार फेर्न,
ढल्दैछ है निरङ्कुश्ता एकदिन बन्छ सेश।

No comments:

Post a Comment