जति रेट्यो सारङ्गी त उति रुँदो रैछ
मनको पीर बुझि दिने मनै हुँदो रैछ
हिड्नै पर्ने पाइतालाले जति दुखे पनि
मनको इच्छ गरीबहरुको मनमै कुदो रैछ
थाक्दै गाको घाउ मनमा फेरी बल्झी दिदा
जति सहे पनि आखिर आँसु चुँदो रैछ
एउटा सृष्टी प्रकृतिको प्रिया लाग्यो मलाई
मृत्यु भन्ने कालो दिनले सबलाई छुँदो रैछ
Hello,Thugten I love your all articles,I was amazed by your literary talents.Excellent! keep it up.
ReplyDelete