Monday, 26 July 2010

gazal

दैलो-दैलो एउटा भिक्षुक 'भिक्षा देउ' भन्दै थियो
अर्को तिरा घरको मालिक लाखौं पैसा गन्दै थियो

गरीब जनको घरभित्र चुला समेत ओस्या बेला
धनी जनको घरभित्र नानाप्रकार बन्दै थियो

पसिनाको धारा बगाई विचारा ति ढेले दाइले
ढेला तान्न नसकेर थकित शरीर कन्दै थियो

धन कमाउने धोको बोकी धनी जनको आदेशमा
शडक बिच एउटा गरीब नयाँ नाली खन्दै थियो

No comments:

Post a Comment