Monday, 26 July 2010

gazal

विनायो र मचुङ्गोले भाका फेर्न छाडे पछि
गाईने दाईले साराङ्गीको तार हेर्न छाडे पछि

ड्रमसेट गितार पियानोको धुन यहाँ गुन्जिदैछ
लोक भाका र धान नाचले गाँउघर घेर्न छाडे पछि

कार्पेट अरे गलाईचा रे के-के भन्छन आज भोली
राडी गुन्द्री काँगो आज मान्द्रो बेर्न छाडे पछि

ढाका टोपी दाउरा सुरुवाल गुन्यौ चोली पनि
सुस्त-सुस्त लोप हुँदैछ युवा टेर्न छाडे पछि

No comments:

Post a Comment