मेलापात गाउँबेसीमा जुटेको त्यो याद आयो
जन्मभुमी देखी आज छुटेको त्यो याद आयो
सम्झनाका ठेली खोली अतित आज बोल्नु पर्दा
देशद्रोहीको संज्ञ दिई कुटेको त्यो याद आयो
हलो जोत्ने हातहरुले कापी कलम बोक्दा आज
लाटा सिधा जनता सबै भुटेको त्यो याद आयो
तल्लोघरे बुडाबाले छोरा उनको खोज्य सुन्दा
निर्दोष आत्मा पिताजी लुटेको त्यो याद आयो
वर्ष दिनको माहान चाहाड दशै तिहार आउँदा आज
माताजीको हातको चुरा फुटेको त्यो याद आयो
No comments:
Post a Comment