Friday, 25 February 2011

Gazal

अतित सारा सम्झाना भो भुल्नै नसकिने
कोपिलामै ओल्यो माया फुल्नै नसकिने
झुटो बोलेउ भर पार्यौ बाटो अन्तै मोड्यौ
दिनु सम्म चोट दियौ सुल्नै नसकिने

छुट्दा माया दुख्यो मन, पर्नु पिर पर्यो
निदाउनु परै जाओस झुल्नै नसकिने

खुशी थिए संसार हांस्थ्यो सबै मेरो लाग्थ्यो
दुख्नुसम्म दुखें आज खुल्नै नसकिने
13-02-2011

No comments:

Post a Comment