Tuesday, 8 March 2011

Gazal

माटो माटो भन्छौ हामी बोल्दैन त्यो माटो
माटो प्यारो लाग्छ भने बनाउं साथी बाटो

बाठा थिए स्वार्थी भए बिदेश तिर लागे
भुले तीनले जन्मभुमी जिन्दागीको पाटो


दोषी बने बिदेशिएर, देशलाई बिर्से भन्छन
म त भन्छु तिनै जनले टाल्न सक्छन फाटो

सफल हुनु जुट्नै पर्छ फुट्ने सधै हार्छ
जुटौं साथी बडौं अघी बोल्न सक्छन लाटो

No comments:

Post a Comment