Sunday, 8 May 2011

Geet

कस्तो माया तिम्रो, सँगै छँदा नदेखिने
टाडा हुँदा रुन्छौ अनि रुवाउछौ मलाई
-----------------------------------------

हिजोअस्ती सँगै हुँदा दाजु भनि बोलाउथ्यौ
मिठा-मिठा वात गर्थ्यौ घन्टौंसम्म रमाउथ्यौ
मनको इच्छ मनमै रख्यौ नारी बनि छाड्यौ 
मनको कुरा नभनेर पराई बनाई हाल्यौ
कस्तो माया तिम्रो……………………………………….
-----------------------------------------------

Monday, 21 March 2011

Geet

म माटो हराएको मान्छे, बाटो हराएको मान्छे
बिहानी खोज्दा-खोज्दा अँधेरीमा, म आफैँ हराएँछु ।
म माटो हराएको मान्छे, बाटो हराएको मान्छे
हिँड्दा हिँड्दा बाटो बिराएर, म स्वयम् आफैँ हराएँछु ।
-------------------------------------------------------

यो कस्तो यात्रा जिन्दगीको, कहाँसम्म पुग्नु छ
कति हिँड्नु छ अनि अझ कति के-के भोग्नु छ
यो कस्तो सम्झौता जिन्दगीको, हिँड्दा हिँड्दा थाकिसकेँछु
बिना अर्थ खै किन, अनायासै जीनव दुखाएँछु
म माटो हराएको मान्छे………………………….
--------------------------------------------------------

Tuesday, 8 March 2011

Nepali gazal

A GAZAL, ENJOY RECITING

Gazal

माटो माटो भन्छौ हामी बोल्दैन त्यो माटो
माटो प्यारो लाग्छ भने बनाउं साथी बाटो

बाठा थिए स्वार्थी भए बिदेश तिर लागे
भुले तीनले जन्मभुमी जिन्दागीको पाटो

Friday, 25 February 2011

Gazal

हाँस्दा हाँस्दै रुनु पर्ने उपन्यास जिन्दगी
छैन हैन हुनै पर्ने उपन्यास जिन्दगी
दुख्दा दुख्दा कती दुखें अझ दुखी र'छु
दुख्दा आँसु चुनु पर्ने उपन्यास जिन्दगी