Monday, 26 July 2010

gazal

आज यहाँ त भोली कहाँ कस्तो रीत यो जिन्दगीको
आँसुबीच पनि हाँस्नु पर्ने कस्तो जीत यो जिन्दगीको

सुख खुशी भाग्य रैछ लेख्य के छ तक्दिरमा
सोचे जस्तो हुन्न रैछ कस्तो हीत यो जिन्दगीको

मेटिएका आसाहरु भेटिन्न रे कहिले पनि
लेख्य के छ भोग्नै पर्ने कस्तो मीत यो जिन्दगीको

कती पिडा कथा बनी मनमा रयो नलेखिएर
बिना सुरको शरीर भयो कस्तो गीत यो जिन्दगीको

No comments:

Post a Comment